काठमाडौँ । कांग्रेसमा विद्रोह गरेर चर्चामा आएका चितवनका जगन्नाथ पौडेलले चितवन २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने भएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले देशको निकास र विकासका लागि स्वतन्त्रका रविलाई आफ्नो समर्थन रहेको प्रष्ट्याएका हुन् ।
‘चितवनमा सबैको हात बाँध्ने काम भएको छ । तर म त स्वतन्त्रता चाहने व्यक्ति हुँ । जीवनको लामो समय आन्दोनलमै बिताएको छु’ उनले भनेका छन्, ‘अब हामीसँग समयको सुविधा छैन । छोटो समयमा परिवर्तन गरेर अगाडि बढ्नुपर्ने छ । यसको लागि केही गर्छु भन्ने हुटहुटी, उर्जा र क्षमता भएको व्यक्ति आवश्यक छ । यस्तो उर्जा स्वतन्त्र पार्टीसँग भएकोले मेरो पनि उहाँहरूलाई समर्थन छ ।
कांग्रेसका जगन्नाथ पौडेलको समर्थन रविलाई
कांग्रेसमा विद्रोह गरेर चर्चामा आएका चितवनका जगन्नाथ पौडेलले चितवन २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने भएका छन् ।

