काठमाडौं । १८ जना सहसचिवको सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूलाई कामकाज तथा सरुवा गरेको हो ।
स्रोतका अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामकृष्ण लामिछाने, विन्देश्वर प्रसाद लेखक, बद्रीनाथ गैह्रे, पार्वती अर्याल र शिवकुमार कार्कीलाई क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) बुटवल उपमहानगरपालिका, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मीलाई सामाजिक विकास मन्त्रालय सुदूर पश्चिमको प्रदेश सचिव, अस्मान तामाङलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बाग्मती प्रदेश सचिव र त्यहाँका सुरेश राउतलाई गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाका डा. नरहरिप्रसाद घिमिरेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश र त्यहाँ कार्यरत डा. लेखराज दाहाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ल्याइएको छ ।
प्रशासनलाई प्राप्त विवरण अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी डा. सुधा देवकोटालाई स्वास्थ्य मन्त्रालय कोशी प्रदेश, विराटनगर र त्यहाँका अनुज भट्टचनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय दलित आयोगका नारायण प्रसाद शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीका कृष्ण प्रसाद सापकोटालाई राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ ।
त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका प्रदेश सचिव बद्रीराज ढुङ्गानालाई वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला मन्त्रालय, लुम्बिनी प्रदेशका प्रदेश सचिव दीपकराज नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, वन तथा वातावरण मन्त्रालयका सहसचिव विनोद प्रसाद देवकोटालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका प्रदेश सचिव नवराज पुडासैनीलाई वन तथा वातावरण मन्त्रालयमा पठाइए छ ।
१८ जना सहसचिवको सरुवा, को-कहाँ ?
१८ जना सहसचिवको सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूलाई कामकाज तथा सरुवा गरेको हो ।

