काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपीओको निष्कासन तथा बिक्री खुलाएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १३ लाख ३७ हजार ३०२ कित्ता सेयर जारी गरेको जनाएको छ।
कम्पनीले सो सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने भएको हो। सो सेयरमा सर्वसाधारणले आगामी चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
आवेदकले मेरो सेयर सेयर अनलाइन प्रयोग गरी सी(आस्वा प्रणालीमार्फत सेयर भर्न सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।
प्रक्षेपित वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षमा कम्पनीको प्रति सेयर आम्दानी प्रति कित्ता ९५.२८ रुपैयाँ रहेको छ।
यस हाइड्रोपावर योजनाले हाल सुरु खोला जलविद्युत आयोजना र माथिल्लो सुरु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यसमध्ये सुरु खोला जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न भइसकेको छ भने माथिल्लो सुरी खोला आयोजना निर्माणाधिन चरणमै छ।
मकर हाइड्रोपावरको आइपीओ खुल्यो, कहिलेसम्म पाइन्छ आवेदन दिन ?
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपीओको निष्कासन तथा बिक्री खुलाएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १३ लाख ३७ हजार ३०२ कित्ता सेयर जारी गरेको जनाएको छ।

