आज कहाँ कहाँ पानी पर्दैछ ?

देशका धेरै स्थानको मौसम सफा रहेको छ । तर, अहिले घाम लागे पनि दिउँसो भने बदली हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार आज पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो र बेलुका पानी पर्ने सम्भावना छ ।

आज कहाँ कहाँ पानी पर्दैछ ?
काठमाडौं । देशका धेरै स्थानको मौसम सफा रहेको छ । तर, अहिले घाम लागे पनि दिउँसो भने बदली हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार आज पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो र बेलुका पानी पर्ने सम्भावना छ । आज कोशी प्रदेश लगायत पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा नै रहने छ । पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने अनुमान छ । तर हिजोअस्तिको जस्तो लगातार पानी पर्ने सम्भावना नरहेको उनको भनाइ छ । आज हल्का वर्षाको अनुमान छ । हिजोभन्दा आज र आजभन्दा भोलि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।