राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था कस्तो छ ?

पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको छ। राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था कस्तो छ ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ । पेट दुख्नेलगायत समस्या देखिएपछि शनिबार साँझ उनलाई अस्पताल लगिएको थियो। उनको उपचार भइरहेको छ। राष्ट्रपति पौडेललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएको र चिकित्सकको निगरानीमा राखिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। पौडेललाई आजै डिस्चार्ज गर्ने तयारी छ। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसलगत्तै उनको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो।