दोलखाको गौरीशंकर केन्द्रविन्दु भएर भूकम्प

दोलखा केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ ।

दोलखाको गौरीशंकर केन्द्रविन्दु भएर भूकम्प
दोलखा ।  दोलखा केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ११ बजेर २७ मिनेट जाँदा गौरीशंकर गाउँपालिका ५ सुरीनजिक केन्द्रविन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का दोलखासहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।