सातामा प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

यो साता नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सातामा प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ६०० रुपैयाँले सुनको मूल्य घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ थियो । जबकी, हिजो शुक्रबारसम्म आइपुग्दा घटेर १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।