हालै सार्वजनिक भएको आइफोन १४ सिरिजको मूल्य कति ?

काठमाडौं । एप्पलले आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । नयाँ सिरिज सार्वजनिक गरेसँगै कम्पनीले ‘मिनी’ मोडेललाई ‘प्लस’ मोडेलमा रूपान्तरण गरेको छ । आईफोन १३ सिरिज महँगो छ या आईफोन १४ सिरिज महँगो छ भन्ने धेरैको जिज्ञासा हुनसक्छ । सबैभन्दा पहिले कुरा गरौँ आईफोन १३ र आईफोन १४ को । १२८ जी…

हालै सार्वजनिक भएको आइफोन १४ सिरिजको मूल्य कति ?
काठमाडौं । एप्पलले आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । नयाँ सिरिज सार्वजनिक गरेसँगै कम्पनीले ‘मिनी’ मोडेललाई ‘प्लस’ मोडेलमा रूपान्तरण गरेको छ । आईफोन १३ सिरिज महँगो छ या आईफोन १४ सिरिज महँगो छ भन्ने धेरैको जिज्ञासा हुनसक्छ । सबैभन्दा पहिले कुरा गरौँ आईफोन १३ र आईफोन १४ को । १२८ जीबी इन्टर्लन स्टोरेज क्षमता भएको आईफोन १३ को मूल्य ७९९ डलर (करिब १ लाख १ हजार २०० रुपैयाँ) पर्छ । त्यस्तै यही स्टोरेज क्षमता भएको आईफोन १४ मूल्य पनि आईफोन १३ जत्तिकै छ । यसैगरी २५६ जीबी स्टोरेज भेरियन्टको आईफोन १३ र २५६ जीबी स्टोरेज भेरियन्टको आईफोन १४ को समान मूल्य अर्थात् करिब ८९९ डलर (करिब एक लाख १३ हजार ८०० रुपैयाँ) रहेको छ । तर, ५१२ जीबी भेरियन्टमा आईफोन १३ को मूल्य आईफोन १४ भन्दा बढी रहेको छ । ५१२ जीबी स्टोरेज भएको आईफोन १४ को मूल्य ९९९ डलर (करिब एक लाख २६ हजार ४०० रुपैयाँ) पर्छ भने ५१२ जीबी स्टोरेज भेरियन्टको आईफोन १३ को मूल्य १०९९ डलर (करिब एक लाख ३९ हजार २०० रुपैयाँ) रहेको छ । त्यस्तै आईफोन १३ प्रो र आईफोन १४ प्रोको मूल्य तुलना गर्ने हो भने दुवैको मूल्य समान रहेको छ । १२८ जीबी स्टोरेज क्षमता भएको आईफोन १४ प्रो र आईफोन १३ प्रोको मूल्य ९९९ डलर (करिब एक लाख २६ हजार ५०० रुपैयाँ) रहेको छ । त्यस्तै २५६ जीबी स्टोरेज भेरियन्टको आईफोन १४ प्रो र आईफोन १३ प्रोको मूल्य १०९९ डलर (करिब एक लाख ३९ हजार २०० रुपैयाँ) रहेको छ । अर्कोतर्फ ५१२ जीबी भेरियन्टमा आईफोन १४ प्रो र आईफोन १३ प्रोको मूल्य समान १०९९ डलर अर्थात् करिब एक लाख ६४ हजार ५०० रुपैयाँ रहेको छ । १ टेराबाइट स्टोरेज क्षमताको आईफोन १४ प्रो र आईफोन १३ प्रोको मूल्य पनि समान रहेको छ । अर्थात् दुवैको मूल्य १४९९ डलर ९करिब एक लाख ८९ हजार ८०० रुपैयाँ० रहेको छ । त्यस्तै आईफोन १३ प्रो म्याक्स र आईफोन १४ प्रो म्याक्सको मूल्य पनि तुलना गर्ने हो भने समान रहेको छ । १२८ जीबी स्टोरेज क्षमता भएको आईफोन १४ प्रो म्याक्स र आईफोन १३ प्रो म्याक्सको मूल्य करिब १०९९ डलर (करिब एक लाख ३९ हजार २०० रुपैयाँ) रहेको छ । त्यस्तै २५६ जीबी स्टोरेज भेरियन्टको आईफोन १४ प्रो म्याक्स र आईफोन १३ प्रो म्याक्सको मूल्य ११९९ डलर (करिब एक लाख ५१ हजार ८०० रुपैयाँ) रहेको छ । ५१२ जीबी भेरियन्टमा आईफोन १४ प्रो म्याक्स र आईफोन १३ प्रो म्याक्सको मूल्य समान १३९९ डलर ९करिब एक लाख ७७ हजार २०० रुपैयाँ० रहेको छ । यस्तै १ टेराबाइट स्टोरेज क्षमताको मूल्य आईफोन १४ प्रो म्याक्स र आईफोन १३ प्रो म्याक्समा समान रहेको छ । अर्थात् दुवैको मूल्य करिब १५९९ डलर ९करिब दुई लाख दुई हजार ५०० रुपैयाँ० रहेको छ । आईफोन १४ सिरिजको नयाँ मोडेल आईफोन १४ प्लसको मूल्य भने सबैभन्दा फरक छ । १२८ जीबी स्टोरेज क्षमता भएको आईफोन १४ प्लसको मूल्य करिब ८९९ डलर ९एक लाख १३ हजार ८०० रुपैयाँ० रहेको छ । त्यस्तै २५६ जीबी स्टोरेज भेरियन्टको आइफोन १४ प्लसको मूल्य ९९९ डलर ९एक लाख २६ हजार ५०० रुपैयाँ रहेको छ । र ५१२ जीबी स्टोरेज भेरियन्टको आईफोन १४ प्लसको मूल्य १०९९ डलर ९करिब एक लाख ३९ हजार २०० रुपैयाँ० रहेको छ । ५१२ जीबी स्टोरेज भेरियन्टको आईफोन १३ र सोही स्टोरेज क्षमता भएको आईफोन १४ को मूल्यबाहेक अन्य मूल्य समान रहेको छ । आईफोन १४ प्लस पूर्ण रूपमा नयाँ नामको मोडेल भएकाले पुरानो भेरियन्टभन्दा भिन्नै रहेको छ । समग्रमा भन्नुपर्दा आईफोन १३ र आईफोन १४ को मूल्य करिब समान नै देखिन्छ ।