प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई बोलाए बालुवाटार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा प्रदर्शन गरिरहेका मिटरब्याज पीडितलाई सरकारी निवास बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि उनीहरूलाई बालुवाटार बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई बोलाए बालुवाटार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा प्रदर्शन गरिरहेका मिटरब्याज पीडितलाई सरकारी निवास बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि उनीहरूलाई बालुवाटार बोलाएका हुन् । मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौं पुगेका पीडितहरूसँग सरकारले यसअघि एक वार्ता समिति समेत गठन गरिसकेको छ । पीडितले राखेका मागका बारेमा आज प्रधानमन्त्री र उनीहरूबीच छलफल हुने बताइएको छ ।