कुन दलबाट को-को बन्दै छन् मन्त्री ?

सत्तागठबन्धनमा आबद्ध दलले सरकारमा जाने मन्त्रीहरू टुंग्याएका छन्। आजै मन्त्रिपरिषद् विस्तार गरी शपथग्रहण गराउने जनाइएको छ। तर, गठबन्धनको सबैभन्दा ठूलो पार्टी कांग्रेसले नै सबै मन्त्रीको नाम टुंग्याउन सकेको छैन ।

कुन दलबाट को-को बन्दै छन् मन्त्री ?
काठमाडाैं । सत्तागठबन्धनमा आबद्ध दलले सरकारमा जाने मन्त्रीहरू टुंग्याएका छन्। आजै मन्त्रिपरिषद् विस्तार गरी शपथग्रहण गराउने जनाइएको छ। तर, गठबन्धनको सबैभन्दा ठूलो पार्टी कांग्रेसले नै सबै मन्त्रीको नाम टुंग्याउन सकेको छैन । नेपाली कांग्रेस पूर्ण बहादुर खड्का – उपप्रधान तथा रक्षा मन्त्री प्रकाश शरण महत – अर्थमन्त्री रमेश रिजाल – उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय सिता गुरुङ – शहरी विकास मन्त्रालय नेकपा माओवादी केन्द्र नारायणकाजी श्रेष्ठ – उपप्रधान तथा गृहमन्त्री शक्ति बस्नेत – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल रेखा शर्मा – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुदन किराती – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अमनलाल मोदी – संघीय मामिला तथा सामान्य प्रशासन नेकपा एकीकृत समाजवादी बेदुराम भुसाल – कृषि तथा पशुपंक्षी विकास मन्त्रालय प्रकाश ज्वाला – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जसपा अकोश राई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लोसपा शरद सिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नाउपा रञ्जिता श्रेष्ठ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय नेसपा महिन्द्र राय यादव – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय जनमत अब्दुल खान – खानेपानी तथा सरसफाइ मन्त्रालय प्रधानमन्त्रीसँगै रहेका मन्त्रालयहरु कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय परराष्ट्र मन्त्रालय वन तथा वातावरण मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय