काठमाडौं। पार्टी नेता भीम रावलमाथि कारबाही हुनसक्ने एमालेका एक नेताले जनाउ दिएका छन्। पार्टी उपाध्यक्ष विष्णु पौडेलले नेता रावलले पार्टी हितविपरीत काम गर्दै गए कारबाही हुनसक्ने बताएका हुन्।
शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले रावलले एकपछि अर्को गर्दै पार्टीको हितविपरीत काम गरेको समेत आरोप लगाए। महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध रावलले काम गर्दै आएको पनि पौडेलको भनाइ थियो।
रावलले पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लङ्घन गर्ने काम गरिरहेको र त्यो क्षम्य नहुने भन्दै पौडेलले तत्काल गल्ती स्वीकार्दै आत्मालोचना नगरे रावलविरुद्ध पार्टीले ‘उचित निर्णय’ लिन सक्ने बताए ।
भीम रावलले आत्मालोचना नगरे एमालेले कारबाही गर्नसक्ने
पार्टी नेता भीम रावलमाथि कारबाही हुनसक्ने एमालेका एक नेताले जनाउ दिएका छन्।

