विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले धरान उपमहानगरपालिकाको मुख्य कार्यालयसहित वडा कार्यालयहरूमा तालाबन्दी गरेको छ।
प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत संघर्ष समितिले आज ९बिहीबार० धरान उपमहानगरपालिकाको प्रवेशद्वार र वडा कार्यालयहरूमा तालबान्दी गरेको हो।
उनीहरूले उपमहानगरपालिकाको प्रवेशद्वारमा कालो झण्डा राखेर प्रदर्शन गर्नुका साथै कार्यालयको कोशी प्रदेश लेखिएको लेटरप्याडसमेत जलाएका थिए।
संघर्ष समितिले धरानका ५, १५ र १२ नम्बर वडा कार्यालयमा कालो झण्डा राखेर तालाबन्दी गरेको छ। फागुन १७ गते प्रदेशले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेश तनावग्रस्त छ।
धरान उपमहानगरसहित वडा कार्यालयहरूमा तालाबन्दी
कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले धरान उपमहानगरपालिकाको मुख्य कार्यालयसहित वडा कार्यालयहरूमा तालाबन्दी गरेको छ।

