गठबन्धनको तालमेल प्रस्ताव रास्वपाद्वारा अस्वीकार, तनहुँमा पनि जित्ने दाबी

आगामी वैशाख १० गते तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसँग तालमेल नगर्ने भएको छ ।

गठबन्धनको तालमेल प्रस्ताव रास्वपाद्वारा अस्वीकार, तनहुँमा पनि जित्ने दाबी
काठमाडौं । आगामी वैशाख १० गते तीन वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसँग तालमेल नगर्ने भएको छ ।सत्तारुढ गठबन्धनका तर्फबाट तालमेल प्रस्ताव आए पनि त्यसलाई स्वीकार नगरिएको पार्टी स्रोतले बतायो । स्रोतका अनुसार गठबन्धनले रास्वपालाई बारा २ र तनहुँ १ छाड्ने शर्तमा चितवन २ मा रवि लामिछानेलाई सघाउने प्रस्ताव गरेको थियो । तर, रास्वपाले तीनवटै क्षेत्रमा पार्टी बलियो रहेको ठहर गर्दै प्रस्ताव अस्वीकार गरेको छ । रास्वपाले तीनवटै क्षेत्रमा उम्मेदवारी दिने आधिकारिक निर्णय लिएपछि गठबन्धनका दलहरुले आफ्नो तयारी गरेका छन् । तर, उनीहरुबीच आपसमै समझदारी हुन सकेको छैन ।