एकीकृत समाजवादीबाट भुसाल र ज्वाला मन्त्री बन्ने

एकीकृत समाजवादीले वेदुराम भुसाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभामा दलका नेता रहेका भुसालको नेतृत्वमा प्रतिनिधिसभामा प्रमुख सचेतक प्रकाश ज्वाला सरकारमा सहभागी हुने भएका हुन् ।

एकीकृत समाजवादीबाट भुसाल र ज्वाला मन्त्री बन्ने
काठमाडौँ । एकीकृत समाजवादीले वेदुराम भुसाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभामा दलका नेता रहेका भुसालको नेतृत्वमा प्रतिनिधिसभामा प्रमुख सचेतक प्रकाश ज्वाला सरकारमा सहभागी हुने भएका हुन् । पार्टीको पदाधिकारी बैठकले दुवै जनालाई सरकारमा पठाउने निर्णय गरेको हो । यद्यपि उनीहरूलाई कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे यकिन भइसकेको छैन ।