नेकपा माओवादी केन्द्र बागलुङले प्रतिनिधिसभा निर्वाचनका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ४ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २ बाट प्रचण्डसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चन्दबहादुर बुढा सागर र केन्द्रीय सदस्यी कृष्ण केसीको नाम सिफारिस गरिएको हो । अध्यक्ष प्रचण्ड र केसीको नाम सुझावका आधारमा सिफारिस गरिएको माओवादी केन्द्र बागलुङका इन्चार्ज बलावती शर्माले बताइन् ।
शिक्षा मन्त्री पौडेल र केसीलाई क्षेत्र नम्बर १ बाट पनि सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ क्षेत्र नम्वर १ बाट बलावती शर्मा र मोहम्मद अजिजको नाम सिफारिस गरेको छ । क्षेत्र नम्वर २ बाट निलबहादुर पुन, निरमाया श्रीष, केशरी घर्ति मगर, कर्ण परियार र ललित श्रीषको नाम सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्रले क्षेत्र नम्वर १ प्रदेश (क) मा प्रत्यक्ष तर्फ यज्ञ बल्लब शर्मा र चक्रपाणी कँडेल, समानुपाति तर्फ कुशुम बुढा, गगनबहादुर पुन र लक्ष्मीदेवी रोकाको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्वर १ प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ कुलचन्द्र शर्माको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ मेघनाथ शर्मा, चिनिमायाँ काला मगर, टिकाकुमारी विश्वकर्मा र पदमबहादु श्रीष रानाको नाम सिफारिस गरेको छ ।
त्यसैगरी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ दिलमाया रोका, ज्ञामनाथ गैरे, राजिव घिमिरे, नरेश केसी र अर्जुन चोखालको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ भविकला रोका मगर, गंगाबहादुर भुजेल, दिलकुमारी पुन, मेखबहादुर विक र छमकुमारी बस्नेतको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्वर २ को प्रदेश सभा (ख) मा प्रत्यक्षमा चन्द्रलाल अर्यालको नाम सिफारिस भएको छ । भने समानुपातिक तर्फ प्रेम बहादुर रोका र कमला पुन सिफारिस भएका छन्। प्रदेश क्षेत्र र संघीय क्षेत्रबाट आएको सुझाव सहित उम्मेदवारको नाम गण्डकी प्रदेश कमिटिमा पठाईएको माओवादी केन्द्र बागलुङले जनाएको छ ।
बागलुङबाट चुनाव लड्न प्रचण्डलाई निम्तो, को-को छन् सिफारिसमा ?
नेकपा माओवादी केन्द्र बागलुङले प्रतिनिधिसभा निर्वाचनका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ४ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ बाट प्रचण्डसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चन्दबहादुर बुढा…

