सौर्य एयरलाइन्सले काठमाडौं-पोखरा दैनिक चार उडान गर्ने

सौर्य एयरलाइन्सले काठमाडौं–पोखरा उडान थप्ने भएको छ। हाल दैनिक दुई उडान गरिरहेको सौर्यले आगामी चैत १९ (अप्रिल २)देखि चार उडान गर्ने बताएको छ।

सौर्य एयरलाइन्सले काठमाडौं-पोखरा दैनिक चार उडान गर्ने
काठमाडौँ । सौर्य एयरलाइन्सले काठमाडौं–पोखरा उडान थप्ने भएको छ। हाल दैनिक दुई उडान गरिरहेको सौर्यले आगामी चैत १९ (अप्रिल २)देखि चार उडान गर्ने बताएको छ। उडानका लागि सौर्यले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको बजार व्यवस्थापक मुकेश खनालले बताए। सौर्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरा उडान सुरू गरेको हो। जेट विमानको धेरैले रूचाई दिनुभयो। यात्रु अकुपेन्सी राम्रो भएकाले अन्य गन्तव्यको उडान काटेर यो गन्तव्यमा उडान संख्या थप्न लागेका हौं,उनले भने। उनकाअनुसार जेट विमानमा काठमाडौंबाट पोखरामा २० मिनेटमै पुग्न सकिन्छ। हाल पोखराको हवाई भाडा ४ हजार रुपैयाँ निर्धारण गरिएको उनले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमानमार्फत उडान गर्दै आएको सौर्यले दैनिक बिहान ८ः३० बजे, ९ः३५ र दिउँसो २ः४० र ३ः३० मा उडान गर्ने तालिका तयार भएको छ। सौर्यले हाल २ वटा जहाजमार्फत विराटनगर, भद्रपुर र पोखरामा उडान गर्दै आएको छ।