रौतहटमा आगलागी : जलेर ११ वर्षीया बालिकाको मृत्यु, लाखौँको क्षति

रौतहटको ईशनाथ नगरपालिका ६ मा आगलागी हुँदा सुतेकै अवस्थामा जलेर एक बालिकाको मृत्यु भएको छ ।

रौतहटमा आगलागी : जलेर ११ वर्षीया बालिकाको मृत्यु, लाखौँको क्षति
जनकपुरधाम । रौतहटको ईशनाथ नगरपालिका ६ मा आगलागी हुँदा सुतेकै अवस्थामा जलेर एक बालिकाको मृत्यु भएको छ । मंगलवार राति करिब १० बजे मोजिबुल रहमानको घरमा आगो लागेको थियो । उनकी ११ वर्षीया छोरी रजिया खातुन घरमा सुतेकी थिइन् । सुतेको कारण आगो लागेको थाहा पाएर भाग्न नसकेपछि उनको जलेर मृत्यु भएको छ । सुतेकै अवस्थामा जलेको शरीर उनको घरमा भेटिएको रौतहट प्रहरीले जनाएको छ । आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीमा ११ वर्षीया बालिकाको मृत्यु भएकोमा संघीय सांसद किरण साहले दुःख व्यक्त गरेका छन् । उनले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन स्थानीय निकाय र जिल्ला प्रशासन कार्यलयसँग माग गरेका छन् ।