आरआर, पाटन र कमर्स क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गराउन अदालतको आदेश

गत चैत्र ५ गते हुनुपर्ने निर्वाचन नभएको भन्दै काठमाडौं उपत्यकाका तीन ठूला क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन अदालतले आदेश दिएको छ।

आरआर, पाटन र कमर्स क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गराउन अदालतको आदेश
काठमाडौं ।  गत चैत्र ५ गते हुनुपर्ने निर्वाचन नभएको भन्दै काठमाडौं उपत्यकाका तीन ठूला क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन अदालतले आदेश दिएको छ। काठमाडौंका रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), पाटन क्याम्पस र नेपाल कमर्स क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गराउन अदालतले मंगलबार अन्तरिम आदेश जारी गरेको हो। उच्च अदालत पाटनले रोकिएका कलेजहरूमा सम्बद्ध सबै पक्षलाई समावेश गराई समन्वय गरी निर्वाचन हुने मिति तोकी स्ववियु निर्वाचनसम्बन्धी काम अगाडि बढाउन अन्तरिम आदेश जारी गरेको स्रोतले जनाएको छ।