कर्णालीमा चैत १६ गते सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले चैत १६ गते सार्वजनिक बिदा दिएको छ । राम नवमीको अवसरमा कर्णाली प्रदेशका दश वटै जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

कर्णालीमा चैत १६ गते सार्वजनिक बिदा
सुर्खेत । कर्णाली प्रदेश सरकारले चैत १६ गते सार्वजनिक बिदा दिएको छ । राम नवमीको अवसरमा कर्णाली प्रदेशका दश वटै जिल्लामा सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेका अनुसार गत वर्ष २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम प्रदेश भर बिदा हुने छ ।