प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एकीकृत समाजवादीका शीर्ष नेता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एकीकृत समाजवादीका शीर्ष नेता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । अध्यक्ष नेपालसहित नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वाला प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा मन्त्रिमण्डल विस्तार र एकीकृत समाजवादी पार्टीले पाउने मन्त्रालयबारे छलफल भएको बताइएको छ । एकीकृत समाजवादीले गृहसहित तीनवटा मन्त्रालयमा दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्डले भने नेकपा एसलाई गृहबाहेकका दुईवटा मन्त्रालय दिने तयारी गरेका छन् । ६ पुसमा दोस्रोपटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले केही दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका छन् ।