लुम्बिनीमा नयाँ मुख्यमन्त्रीका लागि कांग्रेसका डिल्ली चौधरीको दाबी पेश

लुम्बिनीमा लीला गिरी नेतृत्वको सरकारमा सहभागी राजनीतिक दलहरूले सरकारबाट हटेर नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन्।

लुम्बिनीमा नयाँ मुख्यमन्त्रीका लागि कांग्रेसका डिल्ली चौधरीको दाबी पेश
काठमाडौँ । लुम्बिनीमा लीला गिरी नेतृत्वको सरकारमा सहभागी राजनीतिक दलहरूले सरकारबाट हटेर नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन्। सरकारमा सहभागी ६ राजनीतिक दलले राजीनामा बुझाएर प्रदेश प्रमुख अमिक शेरचन समक्ष ५३ सांसदको हस्ताक्षरसहित नयाँ सरकारको लागि निवेदन पेश गरेका हुन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई आइतबार कांग्रेससहित दलहरूले निवेदन दिएका हुन् ।