नेपाल स्टक एक्सचेन्जद्धारा सूचीकरण खारेज

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ सूचीकरण खारेज गरेको छ। नेप्सेको चैत १० गतेको निर्णयअनुसार उक्त योजनाको सूचीकरण खारेज गरिएको हो।

नेपाल स्टक एक्सचेन्जद्धारा सूचीकरण खारेज
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ सूचीकरण खारेज गरेको छ। नेप्सेको चैत १० गतेको निर्णयअनुसार उक्त योजनाको सूचीकरण खारेज गरिएको हो। यो योजना आज चैत १२ गतेबाट परिपक्व भएको छ। यो फन्डको योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल र कोष प्रवर्द्धकमा ग्लोबल आइएमई बैंक रहेका छन्।