काठमाडौँ । नेकपा माओवादी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ।
सत्ता गठबन्धनमा फेरबदल भएपछि माओवादीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।
सत्ता गठबन्धनमा फेरबदल भएपछि लुम्बिनीमा नयाँ सरकार बन्दा माओवादी केन्द्रको नेतृत्वमा हुनुपर्ने दाबी गरेको छ।
कांग्रेसबाट पनि सरकारमा दाबी रहेको छ । माओवादी केन्द्रको समर्थन फिर्तासँगै मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ।
लुम्बिनी सरकारबाट बाहिरियो माओवादी
नेकपा माओवादी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। सत्ता गठबन्धनमा फेरबदल भएपछि माओवादीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

