शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउन संघ र प्रदेशको निर्वाचन एकैचरणमा गर्ने निर्णय भएको बताएका छन्।
बिहीबार मन्त्रिपरिषद् बैठकपछि न्युज खरीसँग संवाद गर्दै मन्त्री पौडेलले लोकतन्त्रलाई बलियो बनाउन मंसिरमै चुनावको मिति घोषणा गरिएको बताएका हुन् ।
‘स्वच्छ, निष्पक्ष भयरहित वातावरणमा निर्वाचन गर्न हामी प्रतिवद्ध छौं,’ मन्त्री पौडेलले भने, ‘तोकिएको समयमा निर्वाचन गरी लोकतन्त्रलाई बलियो बनाउनु छ ।’ सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्ने मिति घोषणा गरेको छ ।
लोकतन्त्रलाई बलियो बनाउन मंसिर ४ गते दुवै तहको निर्वाचन एकैचरणमा : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउन संघ र प्रदेशको निर्वाचन एकैचरणमा गर्ने निर्णय भएको बताएका छन्। बिहीबार मन्त्रिपरिषद् बैठकपछि न्युज खरीसँग संवाद गर्दै मन्त्री पौडेलले लोकतन्त्रलाई बलियो बनाउन मंसिरमै चुनावको मिति घोषणा गरिएको बताएका हु…

