कास्की । नेकपा माओवादी केन्द्र आज गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । माओवादीले आज बिहान ११ बजे पार्टी संसदीय दल बैठक बसेर सरकारबाट फिर्ता हुने औपचारिक निर्णय गर्न लागेको हो।
संसदीय दल नेता हरिबहादुर चुमानले आफूहरूले आज गण्डकी सरकार छाड्ने लागेको जानकारी दिए । उनले नेपाली कांग्रेस र माओवादीबीच प्रदेश सरकार आलोपालो नेतृत्व गर्ने सहमति बनेको पनि बताए। तर पहिलो कार्यकाल को मुख्यमन्त्री बन्ने भन्ने अझै टुंगो लागिसकेको छैन।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार गण्डकी सरकार छाड्न माओवादी प्रदेश समितिलाई निर्देशन दिएका थिए ।
माओवादीसहितको समर्थनमा गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी मुख्यमन्त्री छन्। माओवादीले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
गण्डकीमा माओवादीका ८ सांसद छन् । यहाँ नेपाली कांग्रेसका २७ जना सांसद छन् । कांग्रेस र माओवादी गठबन्धन गरेमा यहाँ सरकार बन्न बहुमत पुग्छ ।
प्रचण्डको निर्देशनपछि गण्डकीमा माओवादी सरकारबाट बाहिरिँदै
उनले नेपाली कांग्रेस र माओवादीबीच प्रदेश सरकार आलोपालो नेतृत्व गर्ने सहमति बनेको पनि बताए। तर पहिलो कार्यकाल को मुख्यमन्त्री बन्ने भन्ने अझै टुंगो लागिसकेको छैन।

