सेयर बजारओरालो लाग्ने क्रम रोकिएन,बिहीबार २० अंकले गिरावट

साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ। बुधबार १५.७६ अङ्कले ओर्लिएर १९३३ मा अड्किएको सेयर बजार बिहीबार थप २०.०३ अङ्कले गिरावट आउँदै १९१३.२६ अङ्कमा समेटिएको छ।

सेयर बजारओरालो लाग्ने क्रम रोकिएन,बिहीबार २० अंकले गिरावट
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ। बुधबार १५.७६ अङ्कले ओर्लिएर १९३३ मा अड्किएको सेयर बजार बिहीबार थप २०.०३ अङ्कले गिरावट आउँदै १९१३.२६ अङ्कमा समेटिएको छ। करिब १ अर्ब ३८ करोडमाथिको कारोबार हुँदा १८६ कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने २२ वटा कम्पनीमा सुधार भएको छ र ५ वटा भने स्थिर रहेका छन्। बिहीबार सबै उपसमूहहरु राताम्मे भएका छन्। सबैभन्दा धेरै गुमाउने समूहमा जीवन बीमा, लघुवित्त, विद्युत, होटल र वित्तीय उपसूमह छ। मायाखोला हाइड्रोको मूल्यमा भने १० प्रतिशतले बढेको छ। त्यस्तै, एसियन हाइड्रो, सिद्धार्थ बैंक, बोर्टलर्स नेपाल र लिर्बटी इर्नर्जी धेरै कमाउने कम्पनीहरुमा पर्छन्।