धरानमा १७५ किलो गाँजासहित भारतीय गाडी बरामद

सुनसरीको धरानमा करिब १७५ किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ। धरानको वडा नम्बर ४ मा पर्ने लोकमार्गमा प्रहरी चेकजाँचका क्रममा भारतीय स्कारपियोबाट ६ वटा बोरामा प्याक गरिएको अवस्थामा गाजा बरामद भएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।

धरानमा १७५ किलो गाँजासहित भारतीय गाडी बरामद
मोरङ । सुनसरीको धरानमा करिब १७५ किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ। धरानको वडा नम्बर ४ मा पर्ने लोकमार्गमा प्रहरी चेकजाँचका क्रममा भारतीय स्कारपियोबाट ६ वटा बोरामा प्याक गरिएको अवस्थामा गाजा बरामद भएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए। बिहीबार बिहान करिब ३ बजे प्रहरीको चेकजाँच गर्ने स्थानभन्दा करिब ५ सय मिटर टाढाको दूरीमा भारतीय जीजे ०१ एसयु २४६१ नम्बरको स्कारपियो रोकिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मल्लको भनाइ छ। प्रारम्भिक अवस्थामा करिब ३ सय किलो बरामद गरिएको भनिए पनि तौल गर्दा १७५ किलो भेटिएको उनले जानकारी दिए। उनका अनुसार प्रहरी चेक देखेर चालक र अन्य गाडी छाडेर भागेको हुनसक्ने र उनीहरूको खोजी भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा धनकुटाको विभिन्न स्थानबाट भारतर्फ निकासी गर्न गाँजा ल्याइएको हो।