काठमाडौँ । मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि फागुन १० गते आईपिओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले आज कार्यालय समय भित्रसम्ममा आवेदन दिनुपर्नेछ । कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ४२ हजार ५८३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
सोमध्ये अति प्रभावित क्षेत्र सङ्खुवासभा जिल्ला साबिक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता सेयर सो बाहेकका क्षेत्रमा रहेका सङ्खुवासभा जिल्लाका बासिन्दाहरूको लागि वितरण गर्न लागेको कम्पनीले बताएको छ।
यस हाइड्रोपावरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।
कम्पनीलाई केयर रेटिङ नेपालले ’केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
मेन्छियाम हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि फागुन १० गते आईपिओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

