बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज बिहीबार सुनको मूल्य एकैपटक प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार हुने भएको हो ।

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । आज बिहीबार सुनको मूल्य एकैपटक प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार हुने भएको हो । यसअघि भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै, तेजावी सुनको भाउ आज प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ रहेको छ । यता, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ३६० रुपैयाँ पुगेको छ ।