प्रधानमन्त्री ‘प्रचण्ड’विरुद्ध विरोध प्रदर्शन गर्ने युवालाई हिरासतमा राख्न पाँच दिन म्याद थप

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्ने तीन जना युवालाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले ५ दिन अनुमति दिएको छ। अभद्र कसुर मुद्दामा अनुसन्धान गर्न भन्दै काठमाडौं प्रहरीले अनुमति मागेको थियो।

प्रधानमन्त्री ‘प्रचण्ड’विरुद्ध विरोध प्रदर्शन गर्ने युवालाई हिरासतमा राख्न पाँच दिन म्याद थप
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्ने तीन जना युवालाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले ५ दिन अनुमति दिएको छ। अभद्र कसुर मुद्दामा अनुसन्धान गर्न भन्दै काठमाडौं प्रहरीले अनुमति मागेको थियो। सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बागलुङ सोम शर्माविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन लागिएको काठमाडौं प्रहरीले जनाएको छ।