पेट्रोल सेवनबाट बालकको मृत्यु

दोलखाको कालिञ्चोक गाउँपालिका(३ सिंगटीमा पेट्रोल सेवन गर्दा एक बालकको मृत्यु भएको छ । कालिञ्चोक (९ स्थायी घर भई सिंगटीमा व्यवसाय गर्दै आएका मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाईको पेट्रोल सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

पेट्रोल सेवनबाट बालकको मृत्यु
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका(३ सिंगटीमा पेट्रोल सेवन गर्दा एक बालकको मृत्यु भएको छ । कालिञ्चोक (९ स्थायी घर भई सिंगटीमा व्यवसाय गर्दै आएका मुरारी सेढाईका २१ महिने छोरा सक्षम सेढाईको पेट्रोल सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका अनुसार मोटरसाइकलका लागि घरमा राखिएको पेट्रोल बुधबार बिहान ती नाबालकले सेवन गरेका थिए । पेट्रोल सेवन गरेपछि उनलाई सिंगटीमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि धुलीखेल अस्पताल लगिएको थयो । उपचारकै क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा राखेको पेट्रोल बालकले सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ ।