बाध्यताले देश छोड्नुपर्ने अवस्था परिवर्तन गर्छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाध्यताले देश छोड्नु पर्ने अवस्था परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाध्यताले देश छोड्नुपर्ने अवस्था परिवर्तन गर्छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाध्यताले देश छोड्नु पर्ने अवस्था परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् । वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा श्रम गर्ने युवाहरूकै मेहनतले नेपालको अर्थतन्त्र चलेको भए पनि अब बाध्यताले देश छोड्नु पर्ने अवस्था परिवर्तन गर्ने आफ्नो लक्ष्य रहेको बताए । प्रधानमन्त्री दाहालको भनाइ छ– ‘देशमा आन्तरिक रोजगारी सिर्जना गरी यो उत्पादनशील र सङ्घर्षशील देशको जनशक्तिलाई देशको विकासमा लगाउनुपर्ने चुनौती हामी सबैलाई छ । अहिले बाध्यतावश विदेसिनु परेको युवाहरूले देशको अर्थतन्त्रलाई सहयोग पुराइरहेको छ । बाध्यताले बाहिर जानु परेको अवस्थालाई परिवर्तन गर्ने छौँ ।’