लुम्बिनी प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी

लुम्बिनी प्रदेशमा माओवादी केन्द्र, लोसपा, नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी थालेका छन् । एमालेका संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउन यी तीनै दलले समर्थन जनाएका थिए ।

लुम्बिनी प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी
बुटवल । लुम्बिनी प्रदेशमा माओवादी केन्द्र, लोसपा, नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी थालेका छन् । एमालेका संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउन यी तीनै दलले समर्थन जनाएका थिए । केन्द्रमा समीकरण फेरिएपछि सोही अनुसार ती दलले एमाले नेतृत्वको सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी थालेका हुन् । सकभर संसदबाटै समर्थन फिर्ता लिने उनीहरुको तयारी छ । सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गरेको खण्डमा भने बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई विशेष अधिवेशन बोलाउन आह्वान गर्ने तयारी भइरहेको ती दलका नेताले जनाएका छन् ।