बागमती सरकारबाट एमाले बाहिरिँदै, ४ मन्त्री राजीनामा दिने तयारीमा

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बागमती सरकारबाट बाहिरिँदै छ । बुधबार बस्न लागेको प्रदेशसभा बैठक अगावै एमाले सरकारबाट बाहिरिन लागेको हो ।

बागमती सरकारबाट एमाले बाहिरिँदै, ४ मन्त्री राजीनामा दिने तयारीमा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बागमती सरकारबाट बाहिरिँदै छ । बुधबार बस्न लागेको प्रदेशसभा बैठक अगावै एमाले सरकारबाट बाहिरिन लागेको हो । बैठक बस्नु अगाडि नै एमालेबाट प्रदेश सरकारमा संलग्न चार मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । एमाले पार्टी केन्द्रीय कार्यालयको निर्देशन प्राप्त बमोजिम उनीहरु सरकारबाट बाहिरिनुका साथै राजीनामा दिन लागेका हुन् । बागमती प्रदेश सरकारमा संलग्न ४ मन्त्रीले केहीबेरमै राजीनामा दिन लागेको स्रोत बताउँछ । प्रदेशसभा बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दोस्रो पटक विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बैठक केहीबेरमा बस्दैछ ।