घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ । मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, आज चाँदीको मूल्य १३ सय ३५ रुपैयाँ मा कारोबार भइरहेको छ । चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेको हो ।