सगरमाथा जलविद्युत कम्पनीको आईपिओ बिक्री खुला

कम्पनीले जारी पुँजीको १ अर्ब १२ करोड रुपैयाँको ४९ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । जसमध्ये आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई बिक्री गरिसेकको छ।

सगरमाथा जलविद्युत कम्पनीको आईपिओ बिक्री खुला
काठमाडौं। सगरमाथा जलविद्युत कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) बिक्री खुलाएको छ। कम्पनीको आइपीओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । सर्वसाधारणले जम्मा ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन सक्नेछन् । २ लाख १८ हजार ४ सय कित्ता म्युचुअल फण्ड र १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । कम्पनीले जारी पुँजीको १ अर्ब १२ करोड रुपैयाँको ४९ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । जसमध्ये आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई बिक्री गरिसेकको छ। कम्तिमा १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीले ९.६ मेगावाट क्षमताको सुपर माई ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ। निर्माण सम्पन्न भइसक्दा आयोजनाको लागत कुल एक अर्ब ९० करोड ४९ लाख रुपैयाँ आउने कम्पनीको अनुमान छ। जसअनुसार प्रति मेगावाट अनुमानित लागत १९ करोड ८४ लाख रुपैयाँ छ।