काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सातजना कर्मचारीलाई निलम्बन गरेको छ ।
ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्को सूचना जारी नभएसम्म उनीहरूलाई निलम्बन गरेको हो ।
सोमबार ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन–एबीटी विमानमा लोड सिटमा भन्दा १०५ केजी बढी सामान बोकेको थियो । उक्त सूचना पाएपछि चालक दलका तीनजना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
उक्त विमानले एक पुरुष यात्रुलाई महिला यात्रुको रूपमा यात्रा गराएको पनि पाइएको निरौलाले जानकारी दिए । यस विषयमा निगमले थप अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ । साथै निगमलाई प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।
नेपाल एयरलाइन्सले पुरुष यात्रुलाई महिला बनाएपछि...
ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्को सूचना जारी नभएसम्म उनीहरूलाई निलम्बन गरेको हो ।