काठमाडौं । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम भएको छ ।
नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतका प्रदर्शन गरिएको छ।
टुँडिखेलको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत संवैधानिक अङ्गका प्रमुख र विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।
तस्बिर : प्रदीपराज वन्त



