विराटनगर । कोशी प्रदेशका माओवादी संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री ईन्द्र आङ्बोमाथि आक्रमण प्रयास भएको छ । पाँचथरको फिदिमबाट ताप्लेजुङ सदरमुकाम फुङलिङ आउने क्रममा ढुंगा प्रहार भएको हो । ढुंगाले लागेर आङ्बो सवार गाडीको सिसा फुटेको छ ।
सदरमुकाम फुङलिङदेखि ८ किलोमिटर तल पाँच सय मिटर टाढा लुकेर ढुंगा हानेको पाइएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् । आक्रमण गर्नेको खोजी भइरहेको चेम्जोङको भनाइ छ । आक्रमणको जिम्मा कसैले लिएको छैन ।
कोशी प्रदेश खारेजी संयुक्त संघर्ष समितिले आक्रमणको जानकारी नभएको बताएको छ । समितिका सदस्य नवीन पोमु आफूहरूले सदरमुकाम फुङलिङमा कालो झन्डा देखाउन खोजेको तर उनी प्रहरीको गाडीमा आएकाले असफल भएको बताउँछन् ।
संसदीय दलका नेता आङबो र माओवादीका प्रदेश संयोजक हर्क नेम्वाङ मिक्सो पार्टी बैठक र संगठन सुदृढीकरण तथा कार्यकर्ता परिचालन कार्यक्रमको उद्धघाटनका लागि ताप्लेजुङ आएको जिल्ला संयोजक विष्णु हाङवाङ बिरुले बताए ।
माओवादी नेता आङ्बो चढेको गाडीमाथि ढुंगा प्रहार