काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माणका काममा तिव्रता दिन तीनवटै तहका सरकारसँग वृहत्तर समन्वय बैठक राख्ने बताएका छन्।
प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मतपाएपछि मंगलबार निर्वाचन क्षेत्र गोरखा पुगेका प्रचण्डले विकासलाई गति दिन तीनै तहकारबीच बैठक राख्ने घोषणा गरेका हुन् । निर्वाचन क्षेत्र गोरखा–२ मा पर्ने पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडकको शिलान्यास गर्दै उनले गम्भीर भएर विकासको मोडालिटीबारे छलफल गर्ने बताए ।
‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न वृहत्तर बैठक छिट्टै आयोजना गर्दैछु । विकासलाई गति दिन मोडालिटीबारे गम्भीर भएर छलफल गरिन्छ’ उनले भने । सडक सन्जालले मात्र विकास नहुने भन्दै उनले शिक्षा, स्वास्थ्य, रोजगार जस्ता विकासका सूचकलाई पूर्वाधारसँग जोड्नुपर्ने बताए ।
मंसिर ४ को निर्वाचनमा आफूलाई जिताएर पठाएकोमा धन्यवाद दिँदै जिम्मेवार बोधका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।
विकासले गति लिने गरी काम गर्छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माणका काममा तिव्रता दिन तीनवटै तहका सरकारसँग वृहत्तर समन्वय बैठक राख्ने बताएका छन्।

