झापा । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको मतगणना स्थलमा तालाबन्दी गरिएको छ ।
नेपाल विद्यार्थी संघ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र स्वतन्त्र विद्यार्थी कल्याण परिषद्ले सोमबार मध्यराति १२ बजे मतगणना स्थलमा ताला लगाएको हो । ताला लगाएपछि उनीहरूले क्याम्पस परिसरभित्रै कालो झन्डा राखेर नाराबाजी समेत गरेका थिए ।
क्याम्पसको स्ववियु निर्वाचन समितिले खामबन्दी भएको एउटा मत बदर गर्नुपर्नेमा गणना गरेको र समानुपातिकतर्फको मतगणना गर्दा तीनवटा विद्यार्थी संगठनको प्रतिनिधिबिना सुरू गरेको भन्दै विद्यार्थी संगठनहरूले मतगणना स्थलमा ताला लगाएको नेविसंघका नेता भुवन बुढाथोकीले जानकारी दिए ।
असन्तुष्ट बनेका विद्यार्थी संगठनले खामबन्दी भएको मत कुनै पनि हालतमा गणना गरिनु हुँदैन र बराबरी भएको खुला सदस्य पदको नतिजा गोला प्रथाबाट टुङ्गो लगाउनुपर्ने भन्दै निवेदन लिएर जाँदा निर्वाचन समितिले तीनवटा संगठनको प्रतिनिधिको उपस्थिति बेगर समानुपातिकतर्फको मतगणना सुरु गरिरहेको भेटाएपछि हामीले बाध्य भएर तालाबन्दी गर्नु परेको विद्यार्थी नेता बुढाथोकीले बताए ।
राति १२ बजे लगाइएको ताला अझै खुलेको छैन ।
स्ववियु निर्वाचन : मेची क्याम्पसको मतगणना स्थलमा तीन विद्यार्थी संगठनले लगाए ताला
भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको मतगणना स्थलमा तालाबन्दी गरिएको छ । नेपाल विद्यार्थी संघ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र स्वतन्त्र विद्यार्थी कल्याण परिषद्ले सोमबार मध्यराति १२ बजे मतगणना स्थलमा ताला लगाएको हो ।

