सिद्धार्थ प्रिमियरको सिईओमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त

एकीकृत भई नयाँ बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । नियामक नेपाल बीमा प्राधिकरणले हिजो स्वीकृति प्रदान गरेको हो ।

सिद्धार्थ प्रिमियरको सिईओमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त
काठमाडौं । एकीकृत भई नयाँ बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सिईओमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । नियामक नेपाल बीमा प्राधिकरणले हिजो स्वीकृति प्रदान गरेको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा मर्जर अघि सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा सिईओ रहेका बैदवारलाई सिईओ नियुक्ती गर्ने मर्जर सम्झौता बमोजिम सिईओ पदमा नियुक्त भएका हुन् । एकीकृत कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठ चयन भइसकेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गरेको थियो ।