यी हुन् विश्वासको मतमा अनुपस्थित सांसदहरू

२६२ सांसद उपस्थित भएकोमा विश्वासको मतको पक्षमा १७२ र विपक्षमा ८९ परेको छ । १ जना सांसद हुन्न भन्नेमा मतदान गरे, भने १२ जना सांसद अनुपस्थित रहेको संसद सचिवालयले जनाएको छ ।

यी हुन् विश्वासको मतमा अनुपस्थित सांसदहरू
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । आज सोमवार संसदमा विश्वासको मतको पक्ष र विपक्षमा मतदान हुँदा उनको पक्षमा बहुमत प्राप्त भएको हो। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त भएको जानकारी दिए । २६२ सांसद उपस्थित भएकोमा विश्वासको मतको पक्षमा १७२ र विपक्षमा ८९ परेको छ । १ जना सांसद हुन्न भन्नेमा मतदान गरे, भने १२ जना सांसद अनुपस्थित रहेको संसद सचिवालयले जनाएको छ । यी हुुन् अनुपस्थित सांसदहरू देवराज घिमिरे चन्द्र भण्डारी मनोरमा शेरचन योगेन्द्र मण्डल राजेन्द्र प्रसाद लिङ्देन लक्ष्मी महतो कोइरी शान्ति चौधरी एमाले वर्षमान पुन चारवटा रिक्त रामचन्द्र पौडेल, रामसहाय यादव रवि लामिछाने शहनाज रहमान निलम्बित टेकबहादुर गुरुङ