बर्दिया । बर्दियामा बाघको आक्रमणबाट दिदी बहिनीको मृत्यु भएको छ। मधुवन नगरपालिका ५ की ५५ वर्षीया समुद्रा बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरूङको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
सोमबार घाँस दाउरा गर्न उनीहरू स्थानीय चिरौटे सामुदायिक वनमा गएका थिए । परिवारका सदस्यका अनुसार उनीहरू बिहान साढे ११ बजेतिर घरबाट निस्किएका थिए।
लामो समयसम्म घर नर्फिएपछि सुरूमा स्थानीय खोजीमा गएका थिए। जिल्ला प्रहरी कार्यालय बर्दियाका सुधिरराज शाहीका अनुसार दिउँसो ३ बजे प्रहरीलाई खबरपछि खोजी कार्य शुरु गरिएको थियो । खोजीका क्रममा सुरूमा समुद्राको शव फेला परेको र त्यसको झन्डै दुई सय मिटर टाढा धनसरीको शव फेला परेको एसपी शाहीले बताए।
समुद्राको घाँटीमा बाघले आक्रमण गरेको पञ्जा देखिए पनि उनको शरिरको अन्य भागमा कुनै चोट पटक लागेको छैन। धनसरीको बाँया पट्टीको हात पाखुरादेखि कुहिनासम्म खाएको अवस्थामा फेला परेको एसपी शाहीले बताए ।
बाघको आक्रमणबाट घाँस दाउरा गर्न गएका दिदीबहिनीको मृत्यु
सोमबार घाँस दाउरा गर्न उनीहरू स्थानीय चिरौटे सामुदायिक वनमा गएका थिए । परिवारका सदस्यका अनुसार उनीहरू बिहान साढे ११ बजेतिर घरबाट निस्किएका थिए।

