मुख्यमन्त्री कार्की सवार गाडीमाथि ढुंगामुढा प्रहार

कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्ट पहिचानबादी पक्षले सिद्धिचरण नगरपालिका वडा नम्बर ११ मिलनचौमा मुख्यमन्त्री कार्की सवार गाडीमाथि ढुंगामुढा प्रहार गरेका हुन् ।

मुख्यमन्त्री कार्की सवार गाडीमाथि ढुंगामुढा प्रहार
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि ढुंगामुढा प्रहार भएको छ । कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्ट पहिचानबादी पक्षले सिद्धिचरण नगरपालिका वडा नम्बर ११ मिलनचौमा मुख्यमन्त्री कार्की सवार गाडीमाथि ढुंगामुढा प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीका अनुसार मिलनचौमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले मुख्यमन्त्री कार्की सवार गाडीलाई अवरोध गरी आक्रमणको प्रयास गरेका थिए । तर प्रहरीले तत्काल भिडलाई नियन्त्रणमा लिएर मुख्यमन्त्री कार्कीमाथिको आक्रमणको प्रयास विफल तुल्याएको थियो। सो क्रममा प्रहरीले मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयासमा संलग्न दुई जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए। कालो झन्डासहित उपस्थित आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा लगाइएको राष्ट्रिय झन्डा थुतेका थिए।