चितवन-२, तनहुँ-१ र बारा-२ मा बैशाख १० गते उपचुनाव हुने

नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा ९३० मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।

चितवन-२, तनहुँ-१ र बारा-२ मा बैशाख १० गते उपचुनाव हुने
काठमाडौं । निर्वाचन आयोगले चितवन-२, तनहुँ-१ र बारा-२ मा १० वैशाखमा उपचुनाव गर्ने निर्णय गरेको छ । तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा(२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए । नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा ९३० मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ । रिक्त भएको दुबै क्षेत्रमा १० वैशाखमै उपचुनाव गर्ने निर्णय निर्वाचन आयोगको सोमबार बसेको बैठकले गरेको छ । १० वैशाखमा चितवन-२ मा पनि उपचुनाव हुँदैछ । चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद भने नागरिकता विवादमा १३ माघमा सर्वोच्च अदालतले खारेज गरेको थियो ।