मकवानपुरको आठवटा क्याम्पसको अन्तिम नतिजा सार्वजनिक

मकवानपुरमा रहेका ८ वटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । जिल्लाको स्ववियु निर्वाचन भएको ८ वटा क्याम्पसहरुमा एमाले निकट अनेरास्ववियुले २,माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी तथा एकिकृत समाजवादी निकट अनेरास्ववियूले पनि २–२ वटा क्याम्पसमा जित

मकवानपुरको आठवटा क्याम्पसको अन्तिम नतिजा सार्वजनिक
हेटौँडा । मकवानपुरमा रहेका ८ वटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । जिल्लाको स्ववियु निर्वाचन भएको ८ वटा क्याम्पसहरुमा एमाले निकट अनेरास्ववियुले २,माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी तथा एकिकृत समाजवादी निकट अनेरास्ववियूले पनि २–२ वटा क्याम्पसमा जित हासिल गरेको छ । विप्लव नेतृत्वको नेकपाले पनि १ क्याम्पसको नेतृत्व हासिल गर्दा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पनि एक क्याम्पसमा जित हासिल गरेको छ । मकवानपुरमा रहेको जनप्रीय बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुका सरोज अर्याल नेतृत्वले जित हासिल गरेको छ भने हेटौँडा क्याम्पसमा पनि अनेरास्ववियुकै अभि मैनाली नेतृत्वले जित हासिल गरेको छ । जिल्लाको मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका छोईसाङ्ग लामा नेतृत्वले जित दर्ता गर्दा पालुङ बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियु क्रान्तिकारीकै पुष्कल श्रेष्ठ निर्विरोध विजयी भएका छन् । नेकपा एकिकृत समाजवादीले पनि जिल्लाको दुईवटा क्याम्पसमा नेतृत्व हाँसिल गरेको छ । अनेरास्ववियूले मकवानपुरको बंशगोपाल बहुमुखी क्याम्पसमा दिवस सिलवालले नेतृत्व प्राप्त गर्दा मनहरी बहुमखी क्याम्पसमा कुमार घिसिङको नेतृत्व विजयी भएको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले मकवानपुरको बन विज्ञान अध्ययन सस्थानमा जित हासिल गरेको बन विज्ञानमा नेविसंघका बरुण अधिकारीले सभापतिमा जित हाँसिल गर्दा विप्लव नेतृत्वको नेकपाबाट जनप्रीय बहुमुखी क्याम्पसमा मुना गोलेले सभापतिमा जित हाँसिल गरेकी छिन् ।