काठमाडौं । नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा भएका छन्। सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए।
प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो। जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा थियो।
सरकारले गर्यो पाँच डीआईजीलाई एआईजीमा बढुवा
नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा भएका छन्। सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए।

