प्रहरी 'फ्याम्ली क्वाटर'मा ढल पसेपछि रातभर जाग्राम (तस्बिरसहित)

परिवारसहित त्यहाँ बस्दै आएका प्रहरी सहायक निरीक्षक क्रा लामा तामाङका अनुसार राति ११ बजे खोलामा आएको ढल निवासमा पसेपछि भएका लत्ताकपडा र सामान पुरै भिजेका छन् ।

प्रहरी 'फ्याम्ली क्वाटर'मा ढल पसेपछि रातभर जाग्राम (तस्बिरसहित)
काठमाडौं । सामाखुसीमा रहेको प्रहरी 'फ्याम्ली क्वाटर'मा खोलाको ढल पसेपछि त्यहाँ बस्ने अधिकारीहरू रातभर जाग्राम बसेका छन् । आइतबार राति वर्षापछि सामाखुसी खोलामा आएको ढल क्वाटरमा पसेपछि प्रहरी अधिकारीहरु रातभर जाग्राम बसेका हुन् । परिवारसहित त्यहाँ बस्दै आएका प्रहरी सहायक निरीक्षक क्रा लामा तामाङका अनुसार राति ११ बजे  खोलामा आएको ढल निवासमा पसेपछि भएका लत्ताकपडा र सामान पुरै भिजेका छन् । 'राति सुत्ने तयारीमा थियौँ, पानी परेपछि निवाससँगै बगेको खोलाको ढल क्वाटारमा पस्यो हामी रातभर जाग्राम बस्यो,' उनले भने, 'कोही आफ्न्तकोमा गए हामी रातभर जाग्राम बस्यौं ।' सो क्वाटारमा प्रहरी हवल्दार, प्रहरी सहायक निरीक्षकलगायतका ३५ परिवार बस्दै आएका छन् । त्यहाँ बसेका ३५ परिवारमध्ये २० परिवारको निवासमा ढल पसेको तामाङको भनाइ छ ।