भक्तपुर सडकमा अचेत फेला परेका सशस्त्रका इन्सपेक्टरकाे उपचारका क्रममा मृत्यु

काठमाडौंको नागार्जुन बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक बैण्ड गुल्ममा कार्यरत इन्स्पेक्टर ४३ वर्षीय तीर्थ ढुंगेलको मृत्यु भएको हो।

भक्तपुर सडकमा अचेत फेला परेका सशस्त्रका इन्सपेक्टरकाे उपचारका क्रममा मृत्यु
काठमाडाैँ  । काठमाडौंको नागार्जुन बस्ने सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक बैण्ड गुल्ममा कार्यरत इन्स्पेक्टर ४३ वर्षीय तीर्थ ढुंगेलको मृत्यु भएको हो। ढुंगेल शनिबार अपाराह्न ४ः५० बजे भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ स्थित भाटभटेनी सुपरमार्केट राधेराधे नजिक प्राणजल फास्टफुड रेष्टुरेण्टमा गएका थिए। त्यहाँबाट फर्किने क्रममा आफैं सडकमा लडेर अचेत रहेको अवस्थामा स्थानीयले फेला पारेका थिए। स्थानीयले उनलाई देखेपछि बा २ ज २४५६ नम्बरको ट्याक्सी चढाएर एक जना महिला र अन्दाजी १२– १५ वर्षका किशोरले गरेर मध्यपुर अस्पताल पुर्‍याएका थिए। बेलुका ५ः३० बजे सोही अस्पतालमा उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनास्थल वरपरका देख्ने सुन्ने व्यक्तिहरू र ट्याक्सी चालकला ई प्रहरी कार्यालय झिकाएर सोधपुछ भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।